जनता टाइम्स

२४ माघ २०७७, शनिबार २०:२१

ट्याक्सी जलाउनेमाथि कारवाही गर्न अनेरास्ववियूको माग


काठमाडौ, माघ २४

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जनतालाई दुःख दिने बन्दका क्रममा ट्याक्सी जलाउने व्यक्तिलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ । प्रचण्ड–माधव पक्षीय नेकपाले आह्वान गरेको आम हड्तालको क्रममा गोगंबुमा सो पक्षका कार्यकर्ताले ट्याक्सी जलाएका थिए ।

सो संगठनले आफ्ना अपराध लुकाउन अनेरास्ववियूका त्रिचन्द्र क्याम्पस कमिटी अध्यक्ष गोविन्द थपलियाको संलग्नता रहेको भनेर सामाजिक संजालबाट चरित्रहत्या गर्ने व्यक्तिलाई समेत कानुनी कारवाहीको माग गरेको छ । अखिल अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गरि उक्त घटनाको सत्यतथ्य छानबिन गरि बाहिर ल्याउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गर्नुभयो ।

प्रचण्ड माधव नेपाल पक्षधर कतिपय नेता कार्यकर्ता र पूर्व सचिव भीम उपाध्यायले ट्याक्सी जलाउने व्यक्ति थपिलया रहेको र उनलाई प्रहरीले अनुसन्धानमा लिएको भन्दै सामाजिक संजालमा लेखेका थिए । यसैबीच थपलियाले आफूले त्यस्तो प्रचार गर्नेविरुद्ध साइबर अपराधमा मुद्दा हाल्न खोज्दा नलिइएको भन्दै गाली बेइज्जती गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने बताउनु भयो ।

यस्तो छ विज्ञप्ती