कैलाश लामा/दोलखा । मुलुकमा भएको राजनीति उत्तर चढाबले राजधानीबाट नजिकैको हिमाली जिल्ला दोलखामा पनि हलचल ल्याएको छ। कम्युनिस्ट पार्टीको गढको रुपमा स्थापित दोलखा जिल्लामा संघ र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन।
२०७४ सालको निर्वाचनमा यहाँका संघमा सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पार्वत गुरुङले सबैभन्दा बढी मतान्तरणले प्रतिस्पर्धीलाई पछि पार्दै जित हासिल गर्नुभएको थियो । ५५ हजार ४ सय ५७ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वीलाई ३० हजार ६८८ बढी मतले पछाडि पार्दै जीत हासिल गरेका गुरुङ ओली नेतृत्वको नेकपामा हुनुहुन्छ । त्यसैगरी दुई नगरपालिका र सात गाउँपालिका सहित नौ स्थानीय तह रहेको दोलखामा दुई नगरपालिकासहित सात स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी नेकपा दोलखाले जित हासिल गरेको थियो ।
जहाँ हाल संघ र स्थानीय तह दुबै नेकपा ओली समुहको बाहुल्यता कायमै रहेको भन्ने कुरा पुस २४ गते शुक्रबारको कार्याकर्ता भेलाले प्रष्ट भएको छ। वृहत् कार्यकर्ता भेला कार्यक्रममा शैलुङ गाउँपालिकाका प्रमुख भरत दुलाल, उपप्रमुख लालमाया योञ्जन, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, तामाकोसी गाउँपालिकका प्रमुख ईश्वरचन्द्र पोखरेल, उपप्रमुख उर्मिला केसी, गौरीशंकर गाउँपालिकाका प्रमुख स्वयम बहादुर खड्का, उपप्रमुख उर्मिला थामी, कालिञ्चोक गाउँपालिकको उपप्रमुख कालिका पाठक, भीमेश्वर नगरपालिका मेयर भरत बहादुर केसी, उपमेयर कमला बस्नेत, जिरी नगरपालिकाका मेयर टंक जिरेल, उममेयर कृष्णमाषा बुढाथोकीले उपस्थिति हुनुभयो ।
सरकारका गृहमन्त्री राम बहादुर थापाको प्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेकपा बागमती प्रदेश सचिव तथा केन्द्रीय सदस्य आनन्द पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम सरकारको प्रवक्ता पार्वत गुरुङ, दोलखा पार्टी अध्यक्ष ईश्वर चन्द्र पोखरेल लगाएत तत्कालीन नेकपा एमालेका अधिकांश नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो। यस्ले पनि दोलखामा पुर्व एमाले निकट अधिकांश नेता कार्यकर्ता ओलि समुहमा रहने निश्चित रहेको नेकपा दोलखाका सचिवालय सदस्य एवम् मेलुङ गाउँपालिकाको प्रवक्ता हिरा थोकर बताउनुहुन्छ।
उक्त कार्यक्रममा देखा नपरेका जिल्ला समन्वय समिति दोलखा प्रमुख डबल पाण्डे पछिल्लो समय ओली समुहमै खुलेर लाग्नुभएको छ । उहाँ पछिल्लो समय ओली समुहको कार्यक्रम तथा भेलामा सहभागी हुँदै आउनुभएको छ। कालिञ्चोक गाउँपालिकाका प्रमुख विन कुमार थामी भने हालसम्म कतै खुल्नुभएको छैन । त्यसैगरी विघटित प्रतिनिधि सभा सांसद शान्ति पाख्रिनले पनि ओली समुहमा लागेर कित्ता क्लियर गरिसक्नु भएको छ । यता बागमती प्रदेशका सांसद सरस्वती बस्नेत पनिन ओली समुहमै खुल्नु भएको छ।
प्रचलित ऐन कानुन अनुसा स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन हुनुपर्नेमा पार्टीभित्रका नेपाल( प्रचण्ड समुहले अनावश्यक रुपमा हस्तक्षेप गरेर चल्नै नदिएकाले दोलखाका सबै सथानीय तहका जनप्रतिनिधिहरु केपी ओलिको पक्षमा रहेको गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशको अध्यक्ष समेत रहेका ईश्वरचन्द्र पोखरेल बताउनुहुन्छ। प्रत्यक्ष निर्वाचित स्थानीय तहले चुनावी घोषणापत्र लाई आधार बनाएर बिकास निर्माणको काम गर्नुपर्नेमाअनावश्यक हस्तक्ष मन नपरेका उल्लेख गर्दै राष्ट्रियतामा अडिक रहने र विकासप्रेमी प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको पोखरेलले बताउनुभयो ।
भारतसँग मात्रै भएको पारवहन संधीले भारतको उपनिवेश जस्तो देखिएको राष्ट्रलाई चीनसँग पनि पारवहन संधी गेरे नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राज्य बनाएको केपी ओलिलाई यतिबेला साथ नदिएर राष्ट्रलाई साम्राज्यवादीहरुको पोल्टामा धकेल्ने र मुलुकमा अराजकता कायम गराइराख्नेहरुको साथ दिने कुरो आउदैन, उहाँले भन्नुभयो । यतिखेर प्रतिगमन निम्त्याउनेहरुको साथ छोडी अग्रगामणको पक्षमा दोलखाका प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु उभिएका छन्।
दोलखाका प्रत्यक्ष निर्वाचित प्रदेश सांसदहरू पशुपति चौलागाईं र विशाल खड्का सहित समानुपातिक कोटामा परेका केही प्रदेश सांसदहरू दाहाल नेपाल गुटमा लाग्नुभएको छ। तर उक्त गुटमा नेता कार्यकर्ताहरु त्यति धेरै खुलेर लागेको नदेखिएको थोकर बताउनुहुन्छ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण हुँदा ६०/४० आधारमा बनेको १३५ सदस्यीय जिल्ला कमिटीमा दुवै पक्षले आफ्नो बहुमत रहेक दाबी गरेपनि नेता कार्यकर्ताको चहलपहल हेर्दा जिल्लामा ओली समुह निकै बलियोको अवस्था रहेको देखिन्छ । माघ २३ गते शुक्रबार काठमाडौंमा आयोजित वाग्मती प्रदेश वृहद् भेलामा पनि दोलखाबाट नेता कार्यकर्ताहरु उत्साहजनक रुपमा सहभागी भएको प्रवक्ता थोकरले बताउनुभयो । सात वटै स्थानीय ताहका प्रमुख र ९ वटा उपप्रमुख मध्य ६ जना उपप्रमुखहरु ओली समेहमा खुलेका छन्।
त्यसैगरी नेकपाबाट जितेका वडाअध्यक्षहरु पनि अधिकांश ओली समुहमा खुलेका छन्।
केन्द्रमा देखिएको पार्टी विभाजनको कसरतले दोलखामा नेपाल प्रचण्ड समुह ओली समूह भन्दा कमजोर रहेको पुष्टि हुन्छ ।












प्रतिक्रिया दिनुहोस्