काठमाडौं, माघ २५
प्रदेश–१ सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठक २ मिनेट बसेर स्थगित गरिएको हो । आज अपरान्ह बस्नेगरी बैठक डाकिएको भएपनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन ।
मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस गर्ने सहमतिपछि बैठक शुरू भएको थियो । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची थियो ।
बैठक शुरू भएलगत्तै प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाही गरिएका सांसदहरूलाई हलमा प्रवेश दिएको भन्दै उठेर विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले बैठक स्थगित भएको सभामा जानकारी गराउनुभयो । अर्को बैठकको मिति फागुन ९ लाई तोकिएको छ ।












प्रतिक्रिया दिनुहोस्