काठमाडौं, माघ २५
कोरोनाका कारण विश्वभरीको अर्थतन्त्र बिग्रिरहेको अवस्थामा नेपाललाई करिव २ अर्ब अन्तराष्ट्रिय सहयोग प्रतिबद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा करिव दुई खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो ।
अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि पुस महिनासम्म एक खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजार रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको छ ।
प्राप्त अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामध्ये १८ अर्ब १२ करोड ५२ लाख ५० हजार रुपैयाँ अनुदान सहायता रहेको छ ।
यस्तै, उक्त अवधिमा एक खर्ब ६९ अर्ब ३१ करोड १० लाख २० हजार रुपैयाँ ऋण सहायता प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयकाअनुसार पछिल्लो तीन महिना (कात्तिक, मंसिर र पुस) मा मात्रै नेपालले एक खर्ब दुई अर्ब चार करोड १३ लाख ६० हजार रुपैयाँको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता गरेको छ ।













प्रतिक्रिया दिनुहोस्