जनता टाइम्स

२६ माघ २०७७, सोमबार १३:०९

धरहराको २१ तलाको ढलान सकियो, अब एक तला बाँकी


काठमाडौं, माघ २६

भुकम्पले क्षतिग्रस्त बनेपछि निर्माण शुरु गरिएको धरहराको २१ औं तलाको ढलान सम्पन्न भएको छ ।

सोमबार धरहराको २१ औं तलाको ढलान सम्पन्न भएको पुनःनिर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

अब एक तलाको ढलान हुन बाँकी रहेको छ । २२ औं तला ढलान गरेपछि धरहराको शीर्षमा गजुर रहनेछ ।