धनगढी, माघ २६
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री बन्ने र १ नम्बर अध्यक्ष बन्ने लक्ष्य पुरा नभएपछि प्रचण्ड पार्टीबाट चोइटिएर गएको आरोप लगाएका छन् । धनगढीमा आयोजित प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै चोइटिएर गएका प्रचण्ड लाल गद्धार भएको आरोप लगाउनुभयो ।
उहाँले प्रचण्ड–माधवले गलत भ्रम जनतामा फैलाउने काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री चौधरीले १० बर्षे युद्धकलामा प्रचण्डसँग हिँडेको स्मरण गर्दै पाटी एकतापछिको उद्देश्य विपरीत प्रचण्ड आफ्नो स्वार्थमा लागेको बताउनुभयो ।
‘उहाँले २ पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले जनयुद्धकलामा घाइते भएका, जनमुक्ति सेना र सहिद परिवारका मुद्दा हल गर्न सक्नुभएन,’ उहाँले भन्नुभयो । अहिले सरकारले द्धन्दकालका घाइते, अपाङ्ग र सहिद परिवारलाई आवश्यक सहयोग गर्न प्रक्रिया अगाडी बढाएको मन्त्री चौधरीले बताउनुभयो ।
‘अहिले उहाँहरुले भन्न सक्नुपर्दा कि त माओवादी हौँ भनेर, प्रचण्डले कहिले सूर्यमा भोट मागेर जितेनन्, उनले सूर्य चिन्ह हामा्रे भन्न सुहाउँछ ?’ उहाँले प्रश्न गर्नुभयो । राष्ट्रियता र स्वाधीनताका पक्षमा सकारले काम गरिरहेको उनको दाबी छ । पत्रकारलाई यी कुराहरू जनतामाझ पुर्याउन कलम चलाउन आग्रह गर्नुभयो ।
मन्त्री चौधरीले श्रमिकहरूले कोरोना महामारीका बेला भोगको समस्या हल गर्न सरकारले गत वर्ष चैतभित्रको पुरै तलब दिने, वैशाखको आधा, जेठको काम गर्न गए पुरै, काममा नगए आधा तलब दिने निर्णय गरेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्