जनता टाइम्स

२६ माघ २०७७, सोमबार २०:२०

भावी प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गरेका प्रचण्ड भन्छन् : हामी पदका लागि लडेका होइनौं


काठमाडौं, माघ २६

प्रतिनिधिसभा विघटन भएपछि हतार हतारमा समय किर्ते गरेर संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु पदका लागि लडाई नलडेको दाबी गर्नुभएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्दा उहाले भावी प्रधानमन्त्रीमा आफुलाई प्रस्ताव गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनपछिको आन्दोलनमा जनताले साथ नदिएपछि उहा अहिले पदका लागि नलडेको भन्दै स्पष्टिकरण दिदै हिड्नु भएको छ । ‘हाम्रो लडाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो । तर, प्रतिक्रान्ति गर्न क्रान्तिकारी विचारलाई भुत्ते बनाई दिने, क्रान्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति सकिन्छ बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ । यो सच्चाइ बुझ्न सकिएन भने हामीले लडाइँ हार्छौ । त्यसकारण यो पदको लडाइँ हैन । अग्रगमन र प्रतिगमनको लडाँई हो’, राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो ।

यसअघि पार्टी विभाजन गरकै भोलीपल्ट केन्द्रीय समितिबाट हातहाती अध्यक्ष बन्नु भएका माधवकुमार नेपालले पनि आफुहरुको पद लडाईको नभएको बताउनु भएको थियो । नेकपा सग्लो रुपमा रहँदा पनि प्रचण्ड र नेपालबीच प्रधानमन्त्री र अध्यक्ष बन्ने दाउमा केपी शर्मा ओलीविरुद्ध षडयन्त्र रचिरहनु भएको थियो । जसले गर्दा नेकपामा पदको लडाई कोरोनाले आक्रान्त बनाउँदा शुरु भएको थियो । कोरोनाले देशलाई आँक्रान्त बनाउँदा पनि यी नेताहरु पदका लागि पार्टीमा लडाई लडिरहेका थिए ।