जनता टाइम्स

२७ माघ २०७७, मंगलवार १६:२२

सरकारद्वारा बजेटको आकार संशोधन : कोभिड खोप र निर्वाचन प्राथमिकतामा


काठमाडौं, माघ २७

सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेर कोभिड–१९ नियन्त्रण र निर्वाचनलाइ प्राथमिकतामा राखेको छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको हो ।

मन्त्रालयको संशोधनअनुसार चालु आवमा १३ खर्ब ४४ अर्ब रुपैयाँ खर्च हुनेछ । बजेटमा १४ खर्ब ७४ अर्ब रुपैयाँ उल्लेख गरिएको थियो । संशोधित अनुमानअनुसार चालु खर्च ९ खर्ब १४ अर्ब (विनियोजनको ९६.४ प्रतिशत), पुँजीगततर्फ २ खर्ब ८३ अर्ब (विनियोजनको ८०.२ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब (विनियोजनको ७५ प्रतिशत) खर्च हुने बताइएको छ । यस्तै, असार मसान्तसम्म १० खर्ब ७४ अर्ब रुपैयाँ राजस्व उठ्ने अर्थको अनुमान छ ।