कालिकोट, माघ २८
सडक नै नपुगेको पालिकाले विलासी गाडी किनेर पार्टीको समुहको काममा प्रयोग गरेको खुलेको छ । शुभकालीका गाउँपालिकाको कर्णाली प्रदेश ०१–००१–००९१ नम्बरको गाडीमा नेकपा प्रचण्ड–नेपाल खेमाका नेता कार्यकर्ता ओसारपसार गरिएको छ । यो सरकारी गाडीले आइतवार सो समुहका कार्यकर्ता ओसारेको हो ।
सडक नै नपुगेको गाउँपालिकामा महंगो गाडी खरिद गरी पटकपटक राजनीतिक दलको कार्यक्रममा प्रयोग भइरहेको प्रति समाजिक सञ्जालमा स्थानीयले चर्को विरोध गरिरहेका छन् । केही समय पहिले प्रचण्ड–माधव खेमाले सुर्खेतमा आयोजना गरेको भेलामा पनि गाउँपालिका अध्यक्ष खडानन्द्र चौलागाई सहितको सो समुहका नेता यही सरकारी गाडीमा जुलुस लगाउँदै पुगेका थिए ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ स्थानीय तहले गाडी खरिद गरेका छन् । सडक पुगेपनी पचालझरना गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका र पलाँता गाउँपालिकाले भने गाडी किनेका छैनन् । उनी अहिलेसम्म मोटरसाइकलै यात्रा गरिरहेका छन् । (तस्विर : पालिकाखवर)













प्रतिक्रिया दिनुहोस्