जनता टाइम्स

२८ माघ २०७७, बुधबार १३:४१

अख्तियारलाई प्रधानमन्त्री ओलीको सुझाव : निश्पक्ष रुपमा भ्रष्टाचारीबिरुद्ध कठोर रुपमा प्रस्तुत हुनोस


काठमाडौं, माघ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनु भएको छ । उहाले राज्यका कुनै पनि निकायले सरकारको दबाव खेप्नुनपर्ने बताउदै निष्पक्ष भएर काम गर्न निर्देशन दिनु भएको हो ।

अख्तियारको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्नेमा जोड दिनुभयो । ‘देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो’, उहाले भन्नुभयो, ‘त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ ।’

अख्तियारले विगतको ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले लागेको बताउदै भन्नुभयो, ‘अख्तियार निष्पक्ष हुनुपर्छ । उसले अनावश्यक रुपमा गलत मनसायका रुपमा कहि हात हाल्नु हुदैन । तर, अनियमितता भएका ठाउँमा जो कोही भएपनि छाड्नु हुन्न ।’

‘सरकारले सबै राज्यका अंगहरूलाई बिना दबाव काम गर्ने अवसर दिन्छ । कसैले टाउकोको माया छ की छैन भनेर भाषण गर्नेको कुरा सुन्न पर्दैन’, उहाले भन्नुभयो, ‘त्यस्ता व्यक्तिले धाक लगाउने, तर्साउने मात्रै हो । बुख्याँचा जस्तो तर्साउनेले केही गर्न सक्दैन ।’