जनता टाइम्स

२८ माघ २०७७, बुधबार १८:५९

मुख्यमन्त्री शंकर पोखरेलले दिए प्रचण्ड र राजधानीका पत्रकारलाई बुटवल आउन निम्तो


बुटवल, माघ २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभा कस्तो हुन्छ भन्ने हेर्नका लागि बुटवल आउन प्रचण्डलाई चुनौती दिनुभएको छ ।

प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको सभामा ’प्रचण्ड’ले दिनुभएको चुनौतीको जवाफ दिँदै बैचारिक नेता पोखरेलले बुटवल आउन भन्नुभएको हो । प्रचण्डले काठमाडौंको सभाबाट ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?’ भन्दै प्रश्न गर्नुभएको थियो । त्यसको जवाफमा पोखरेलले सभाको असली रुप बुटवलमा देखिने बताउनु भएको छ ।

‘देशभरिको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ ? हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई,’ नेकपा लुम्बिनीका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेख्नुभएको छ । फागुन १ गते प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले बुटवलमा जनसभा गर्दैछ ।

सो सभामा प्रचण्ड–माधव समुहले आज काठमाडौंमा आयोजना गरेको भन्दा दोब्बर जनता उतार्ने मुख्यमन्त्री पोखरेलको योजना छ ।