जनता टाइम्स

२८ माघ २०७७, बुधबार १९:३१

बालुवाटार जग्गाका मुख्य अभियुक्त ढकाललाई थुनामा राख्न आदेश


काठमाडौं, माघ २८

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने मुख्य अभियुक्त शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले बयानपछि थुनामा राख्ने आदेश दिएका हुन् । यसअघि अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातलाई पनि थुनामा राख्न आदेश दिएको थियो ।

बालुवाटारको २९९ रोपनी सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य अभियुक्त बनाएको थियो । आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई भने विशेष अदालतले धरौटीमा रिहा गरेको थियो ।