काठमाडौं, माघ ३०
शक्तिमा कमजोर भएपछि विपक्षी भित्रको शक्तिमा खेल्न खोज्ने नेपालको राजनीतिमा नौलो कुरा होइन् । नेकपामा देखिएको दुई समुहमा कमजोर बनेको प्रचण्ड–नेपाल समुहले ओली पक्षका विशेषगरी पूर्वमाओवादी खेमामाथी प्रहार गरिरहेको छ ।
कहिले भगौडा त कहिले के भन्दै अपमान गरिरहेका प्रचण्डले पछिल्लो पटक तिनै नेताहरु आफ्नो पक्षमा आउने लागेको कुरा सार्वजनिक सभाबाटै घोषणा गरेका थिए । तर, उनको हावादारी गफ एक दिन पनि टिक्क सकेन । कू–प्रचार गर्न माहिर प्रचण्डको कुरालाई नेताहरुले हावादारी भनेर टिप्पणी गरेका छन् ।
सभामै दिउँसै प्रचण्डले सरकारमा रहेका पूर्व माओवादीतर्फका मन्त्रीहरु आफ्नो सम्पर्कमा रहेको भन्दै फर्कने तयारी गरिरहेको दाबी गरेका थिए । पूर्वमाओवादी नेताहरुकै कुरा मान्ने हो भने ओली खेमामा विवाद ल्याउन उनले सो अभिव्यक्ति दिएका थिए, गोयलबस शैलीमा । त्यसको तत्कालै रियाक्सन पनि आएको छ ।
सहरी विकासमन्त्री प्रभ साहले असन्तुष्ट दुई जना मन्त्री आफूसँग कुराकानी गरिरहेको भन्ने प्रचण्डको दाबी हावादारी भएको टिप्पणी गर्नुभएको छ । ‘प्रचण्डजीले अस्ति आमसभामा दुई जना मन्त्री सरकार छाडेर आफ्नो समूहमा आउन लागेको भन्ने अभिव्यक्ति दिनुभएको रहेछ,’ साहले भन्नुभयो, ‘प्रचण्डको सो अभिव्यक्ति भ्रम सिर्जना गर्ने खालको छ, त्यसमा कुनै सत्यता नभएको र त्यो पूर्णतः हावादारी अभिव्यक्ति मात्र हो ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधव समूह निराश भएपछि पूर्वमाओवादीका मन्त्रीहरूले केपी ओलीको साथ छाड्न लागेको भनी कुप्रचारमा उत्रिएको बताउनु भएको छ । रायमाझीको सचिवालयले प्रेस विज्ञप्तिमार्फत केही मिडिया र सामाजिक संजालमा गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री रायमाझीको सन्दर्भ जोडेर गरिएका प्रचारमा प्रचण्ड(माधव पक्षको हात रहेको आरोप लगाएको हो ।
विभाजित नेकपाका अध्यक्ष प्रचण्डले बुधवारको आमसभामा पूर्व माओवादी पक्षका दुई मन्त्री आफूसँग वार्तामा रहेको र उनीहरुले चाँडै ओली सरकार छाड्ने बताएका थिए । रायमाझीको सचिवालयले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएपछि पार्टीमा संकट पैदा भएको भन्दै यसबीचमा फैलाउन खोजिएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्