जनता टाइम्स

३० माघ २०७७, शुक्रबार १४:४५

स्वास्थ्य जाँच गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्ली प्रस्थान


काठमाडौं, माघ ३०

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गर्नुभएको हो ।

विरष्ठ नेता खनाल स्वास्थ्य जाँचका लागि दिल्ली जानुभएको हो । उहाँ स्वास्थ्य जाँच गराएर सोमबारै राजधानी फर्किनुहुनेछ ।