जनता टाइम्स

३ फाल्गुन २०७७, सोमबार १७:५४

अपराध महाशाखा प्रमुखमा एसएसपी खापुङ


काठमाडौं, फागुन ३

महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुखमा एसएसपी चन्द्रकुबेर खापुङलाई जिम्मेवारी दिइएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएसँगै खापुङलाई जिम्मेवारी दिइएको हो ।

आज गृह मन्त्रालयले थापाको सरुवा भर्ना छनौट महाशाखामा गरेर खापुङलाई अपराध महाशाखामा छनौट गरेको हो । त्यस्तै मन्त्रालयले एसएसपी मधुसुदन लुइँटेललाई लुम्बिनी प्रदेश र हरिराज वाग्लेलाई कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।