काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सम्बद्ध उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने जिम्मेवारी विघटित प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बुले पाउनु भएको छ । व्यवसायीसमेत रहनुभएका लिम्बुलाई आज काठमाडौंमा सम्पन्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनको भेलाले संयोजक चयन गरेको हो ।
यसअघिका संयोजक लक्ष्मीदास मानन्धर ९० वर्ष कटिसकेकाले स्वास्थ्यका कारण जिम्मेवारी लिन नसकेपछि साँवालाई संयोजक चयन गरिएको आयोजकले जनाएका छन् । त्यस्तै सहसंयोजक श्याम थापालाई बिभाजनको पक्षमा लागेको कारण हटाइएको छ ।
भेलाले सहसंयोजकमा भीमलाल पौडेल र परशुराम अधिकारीलाई चयन गरेको छ । भेलाले ९ सदस्यीय सचिवालय पनि चयन गरेको छ । सचिवालयमा डेगनाथ गौतम, बालकृष्ण शिवाकोटी, खोपनिधी लोहनी, डिबी बस्नेत, दिपक जैसी र निरज राई रहनुभएको छ । भेलाले साबिक राष्ट्रिय उद्योगी व्यवसायी महासंघको कमिटी बिस्तार गरी ८५१ सदस्यीय बनाएको छ ।

संगठनको इन्चार्जको रुपमा परराष्ट्रमन्त्री तथा नेकपा ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवाली तोकिनुभएको छ । भेलालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उर्जामन्त्री टोपवहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसले सम्बोधन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्