जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १२:१८

ईन्जिनियर तथा गायक ‘पिरिमको बाढी’ मा दिलिप र केकीको अभिनय (भिडियोसहित)


काठमाडौं, जेठ २३

ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय गर्नुभएको छ । घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसक्नुभएका गायक तथा ईन्जिनियर श्रेष्ठको फेरी अर्को नयाँ गीत सार्वजनिक भएको हो ।

श्रेष्ठको स्वर तथा दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गर्नुभएको हो । गायनमा श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिनुभएको छ । त्यस्तै गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले शह निर्देशन गर्नुभएको छ। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफीमा अभिनेता रायमाझी र अधिकारिले अभिनय गरेको भिडियोमा गाउँले परिबेशभित्र प्रेमी र प्रेमिकाको मिलनलाई प्रस्तुत गरिएको छ ।

जलविद्युत क्षेत्रमा आफ्नो विशेष पहिचान बनाईसक्नुभएका ईन्जिनियर श्रेष्ठले सार्वजनिक भिडियोमा राम्रै लगानी गरेको बताउनुभएको छ । गीतसंगीत मार्फत् आफ्नो सौखलाई पूरा गरिरहेको बताउँदै श्रेष्ठले म्यूजिक भिडियोमा कुनै कम्प्रोमाईज नगरेकाले स्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रेहेको बताउनुभयो ।