काठमाडौं, फागुन ४
सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्। बस्नेतलाई प्रहरीले आज साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो ।
बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया मगरको बस्नेतले युट्युबमा नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेतविरूद्ध आइतबार मात्र्र अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो।
यसअघि बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।













प्रतिक्रिया दिनुहोस्