जनता टाइम्स

६ फाल्गुन २०७७, बिहीबार १५:२०

प्रमिसको रिङ लगाएको तस्विरपछि गायिका इन्दिरा २ बर्षदेखि प्रेममा रहेको खुलासा


काठमाडौं, फागुन ६

गायिका इन्दिरा जोशी २ वर्षदेखि प्रेममा रहेको खुलेको छ । उहाँले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा परेको भनेपछि प्रेममा रहेको खुलेको हो ।

गायिका इन्दिराले लेख्नुभएको छ,‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

केही समयअघि उहाँले आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताउनुभएको थियो । उक्त स्टाटसमा प्रेमीले गायिका जोशीलाई रिङ (औंठी) समेत लगाएको तस्विर सार्वजनिक गरिएको छ ।

नेपाल आइडलको जजसमेत रहनुभएको जोशीको ‘चौबन्दी चौली अनि रातो घांगरा,’ ‘बेहुली’, ‘उध्रेको चोली,’ ‘मोटरसाइकमा’ आदि गीत चर्चित छन्।