जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार ०८:३८

प्रधानमन्त्री ओलीको गृहप्रदेश बिराटनगरमा आज मानवसागर उतार्दै नेकपा


बिराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा आली नेतृत्वको आज विराटनगरमा विशाल जनसभाको आयोजना गरेको छ । नेकपा प्रदेश १ को आयोजनामा हुन लागेको विशाल जनसभालाई प्रधामन्त्री एवं नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

जनसभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत नेकपाका शीर्ष नेताहरूले पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जनसभाको तयारी पूरा भएको बताउनु भयो ।

आजको जनसभामा कम्तीमा डेढ लाख मानिस सहभागी हुने नेकपा प्रदेश १ ले जनाएको छ ।