जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार १९:२९

माधव नेपाल निकट भीमदत्त नगरका मेयर विष्ट ओली पक्षमा


महेन्द्रनगर, फागुन ८

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दैनिक जसो झट्का लाग्न थालेको छ । केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले सो समुह छाडेकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले पनि सो समुह छाडेका छन् ।

मेयर विष्ट केपी ओली नेतृत्वको नेकपामा लाग्नु भएको घोषणा गर्नुभएको छ । प्रचण्ड–माधव पक्षसँग नजिक मानिएका विष्टले केही दिनअघि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि कित्ता परिवर्तन गर्नुभएको थियो । विष्ट ओली पक्षीय नेकपाको कञ्चनपुर जिल्ला कमिटी सचिव चयन समेत भएर जिम्मेवारी सम्हाल्नु भएको छ । उहालाई शनिवारै महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सचिव पदको शपथ खुवाउनु भएको छ ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष रहेका वीरबहादुर थापा ओली पक्षमा यसअघि नै लागिसक्नु भएको छ । रिक्त सचिव पदमा मेयर विष्टलाई चयन गरिएको नेकपा ओली पक्षले जनाएको छ । विष्ट जिल्लाका प्रभावशाली नेता हुनुहुन्छ ।