जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार १८:३५

प्रधानमन्त्रीले खोल्नुभयो विप्लवले सरकारसँग वार्ता गर्छु भनेपछि प्रचण्डलाई ठुलै छटपटी भएको रहष्य


काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्छु भनेपछि केही मानिसलाई छटपटी भएको तथ्य खोल्नुभएको छ । पाचौं इन्द्रदह पर्यटन महोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो तथ्य बाहिर ल्याउनु भएको हो ।

‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले हिजो विज्ञप्ति निकालेछन, कतिपयलाई छटपटी भएको छ, लौ हामीतिर आउँछ की भनेको त सरकारतिर पो गयो भनेर उनीहरूलाई छटपटी भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले अवरोध र अप्ठेरोबीच पनि सरकार अगाडि बढेकोमा विरोधीहरूलाई छटपटी भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले जसले जति अवरोध गरेपनि सरकारले विकासको गति नरोक्ने उदघोष पनि गर्नुभयो ।

सम्बोधनको क्रममा उहाँले देश अगाडि बढ्दा केही मानिसलाई पीर परेको बताउनु भयो । ‘सरकारले राम्रा काम गर्यो, जनतामाझ अझ लोकप्रिय हुने भयो, अब बर्बाद हुने भयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएका छन्, सरकारका काममा उनीहरू खुशी छैनन,’ पार्टीबाट अलग हुनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले यस्तै छटपटीलाई चिर्दै विगतमा सिके राउतहरूलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याइएको स्मरणसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले तीन वर्षमा देशको मुहार धेरै फेरिएको भन्दै दहचोकको डाँडालाई नै उदाहरणका रूपमा लिन सकिने तथ्य राख्नुभयो । सरकारको योजनाकै कारण अल्पविकसित देशबाट विकसित देशतर्फ उन्मुख हुने क्रममा नेपाल रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले बिकाशको काम गर्दा पनि केही समुह बिरुद्धमा लागेको भन्दै बिकासबिरोधीलाई जनताले नै ठेगान लगाउनु पर्ने संकेत गर्नुभयो । सुरूङमार्गका कुरा गर्दा विरोध गरिएको बताउँदै प्रधानमन्त्री ओलीले नागढुंगामा बनिरहेको सुरूङमार्गमा अवरोध गरिएको घटना पनि सुनाउनु भयो । उहाँले नारायणी नदीमा साना जहाजहरू चलेका पनि उहाँले सुनाउनुभयो ।