जनकपुर, फागुन ९
प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । उहाको स्वागतका लागि प्रदेश सरकारबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुग्नु भएको थियो ।
मधेशका जानकार समेत रहनु भएका झाको स्वागतमा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्