काठमाडौं, फागुन ९
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल खुलकुद महासंघ रामेछापको अध्यक्षमा राजन बस्नेत चयन हुनुभएको छ । आज मन्थलीमा सम्पन्न भेलाले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै भेलाले देवेन्द्र श्रेष्ठलाई सचिवमा चयन गरेको छ ।
नवनियुक्त अध्यक्ष बस्नेतले खेलकुद क्षेत्रलाई पहिलेदेखि नै आफूले पहिलो प्राथमिकतामा राख्दै आएको भन्दै अब अझै सशक्त भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले खेलकुदका क्षेत्रमा गर्न बाँकी रहेका र अब आफूले गर्नुपर्ने काममा कुनै समस्या नराख्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्