जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १८:५२

प्रचण्ड–माधवलाई अर्काे झड्का : जिल्ला अध्यक्ष बनाइएका नेताले गरे ओलीतिरै रहेको घोषणा


काठमाडौं, फागुन १०

डोल्पा जिल्ला अध्यक्षमा प्रचण्ड–माधव पक्षीय नेकपाले दत्तबहादुर रोकायालाई चयन गरेपछि आफू केपी ओली पक्षमा रहेको बताउनुभएको छ । उहाँले आफूलाई जानकारी नदिई अध्यक्ष बनाइएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो,‘समाचार आएपछिमात्रै थाहा पाएँ ।’

उहाँले आफू केपी ओली नेतृत्वको नेकपाको चुनावी अभियानमा रहेको र आफू अन्य कुनै पक्षमा नलागेको प्रष्ट पार्नुभयो । साविक नेकपा एमाले र पार्टी एकीकरणपछिको जिल्ला अध्यक्ष रहनुभएको उहाँले विज्ञप्ति निकाल्दै आफूलाई प्रचण्ड समूहमा राखेकोमा आपत्ति जनाउनुभएको हो ।