जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार १०:५९

इश्वर पोखरेलले गरे प्रधानमन्त्रीको बदनाम गर्न तथ्य बंग्याइएको खुलासा


चितव,फागुन ११ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई शिरोधार्य रहेको बताउनुभएको छ ।

प्रेस संगठन चितवनले आज विहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु अघि बढ्ने बताउनुभयो । पोखरेलले भन्नुभयो , ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन । हामी शक्ति पृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको बताउनुभयो । उहाले केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको दावी समेत गर्नुभयो । पोखरेलले प्रधानमन्त्रीले विराटनगरमा बोलेको कुरालाई नियतवस केही व्यक्तिहरुले गलत ढंगले सम्प्रेषण गरेको बताउनुभयो । ‘कम्युनिस्ट आन्दोलन निरन्तर अघि बढ्छ’ भनेको कुरालाई ‘प्रधानमन्त्रीले आन्दोलनमा जान्छौं भनेको’ भनेर हो–हल्ला गरिएको पोखरेलले बताउनुभयो ।