जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार ११:५४

प्रतिनिधिसभा विघटन मुद्दा फैसलाको मुखमा किन फैल्याइयो महान्यायाधिवक्ताको राजिनामाको हल्ला ?


काठमाडौं, फागुन ११

कुनै पनि कर्ममा मानिसले हारेपछि फैल्याउन भनेको गलत हल्ला हो । अझ प्रतिनिधिसभा विघटनपछि भएको निर्वाचन घोषणालाई प्रतिगमनको कुसंज्ञा दिएको समुह यस काममा निक्कै सक्रिय छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका न्यायाधीशको भेटवार्ता भयो भनेर यो समुहले पहिलो हल्ला फिजाएको थियो । सर्वोच्च अदालतले विज्ञप्ती नै निकाले यस्ता मनगढन्ते समाचारलाई पुष्टि गर्न नभए कारवाहीको प्रक्रियामा जाने बताएपछि प्रचण्ड–नेपाल समुहको लगानी रहेका सञ्चारमाध्यमले तत्कालै आफ्नो समाचार सच्याएर माफी मागे । यो समुहका वकिलले पनि बहसका क्रममा संविधानका धारा टेकेर बहस गर्नुभन्दा मनका बह पोखेका थिए ।

बहसमा खरो रुपमा उत्रन नसकेपछि यो समुहले अब फैसलाको मुखमा अर्को हल्ला चलाउन थालेका छन् । महान्यायाधिवक्ता अग्नी खरेलले राजिनामा दिए भनेर । त्यो पनि बहस सकिएपछि संवैधानिक इजलास बस्ने दिन । कति छटपट यो समुहलाई भएको छ भनेर यही हल्लाले पुष्टि गरेको छ ।

महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको हल्ला चलाएर षड्यन्त्र गर्न खोजेको बताउनु भयो । सर्वोच्च अदालतको फैसला हुने दिन नजिकिँदै जाँदा षड्यन्त्र गर्न खोजेको उहाको भनाइ छ । “पदबाट राजीनामा गरेको छैन ।पदबाट राजीनामा गर्नुपर्ने परिस्थिति छैन । राजीनामा गर्नुपर्ने कारण पनि छैन”, उहाले भन्नुभयो ।