काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । दुई महिना लामो बहसपछि सर्वोच्च अदालतको संबैधानिक इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटनलाई आज बदर गरिदिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज साँझ सुनाउनुभएको आदेशमा १३ दिनभित्र संघीय संसद्को अधिवेशन बोलाउन आदेश दिइएको छ । अदालतले बिघटन संबिधानसम्मत नभएको भन्दै बदर गर्नुका साथै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।
हेर्नुस फैसलाको पूर्णपाठ :
प्रतिक्रिया दिनुहोस्