काठमाडौं, फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शंकर पोखरेलले हिम्मत र धैर्यताका साथ अघि बढन आम पार्टी पंक्ति र नेपाली जनतालाई अपिल गर्नुभएको छ ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पार्टीको तर्फबाट संक्षिप्त धारणा राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले यस्तो अपिल गर्नुभएको हो ।
सर्वाेच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ, हिम्मत र धैर्यताका साथ अघि बढौं,’ पोखरेलले भन्नुभएको छ ।
सर्वाेच्च अदालतको संबैधानिक इजलासले आज प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिटमा फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरी १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्