काठमाडौं, फागुन १२ । नेकपाका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नयाँ गोल हान्ने चान्स आएको बताउनु भएको छ । प्रतिनिधिसभा बिघटनको निर्णय बदर गर्ने सर्वोच्चको अनपेक्षित फैसलाको स्विकार गर्दै नेता बस्नेतले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
समाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले भन्नुभएको छ, ‘ सर्बोच्च अदालतको अनपेक्षित फैसलाको स्विकार गर्दछु। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरी निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृतीतर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ।’
बस्नेतले लेख्नुभएको छ, ‘सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस।‘
बस्नेतले पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउ प्रयत्न गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ ।
यस्तो छ बस्नेतको भनाई
सर्बोच्च अदालतको अनपेक्षित फैसलाको स्विकार गरिन्छ। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरी निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशकसम्म अस्थिरता र बिकृतीतर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ।
सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी शर्मा ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस। पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनु होस। राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस। हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।













प्रतिक्रिया दिनुहोस्