काठमाडौं, फागुन ११
प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड–नेपाल’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास बूढानीलकण्ठ जाने भएका छन् ।
चितवनमा विरोधसभालाई विजयी सभाको रुपमा मनाउने हिजो घोषणा गरेपनि दुवै नेता विहानै काठमाडौं हानिएका हुन् । काठमाडौं आएलगत्तै दुवै नेता नयाँ सरकार बनाउन लागेका छन् । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग हामी आउँदैछौं भन्ने खवर विहानै पु¥याएका थिए ।
चितवनको सभा छाडेर सत्ताको खेल शुरु गर्न दुवै नेता काठमाडौं आइपुगेका हुन् । हिजोसम्म जनताको पक्षमा भन्दै जुलुस र सभा गर्ने प्रचण्ड–नेपाल आज त्यही सभा छाडेर देउवा भेट्न आइपुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले देउवासँग सरकारमा आफुलाई समर्थन गर्न प्रस्ताव गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटन हुँदा देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका प्रचण्डले विघटन सर्वोच्च अदालतले बदर गरेपछि आफुलाई प्रधानमन्त्रीमा स्विकार गर्न आग्रह गर्ने बुझिएको छ । त्यो अवस्था देउवाले नमानेमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गर्ने स्रोतले जानकारी दिएको छ । तर, कसको नेतृत्वमा भन्ने खुलेको छैन ।
सो समुहका उच्च नेताका अनुसार भारतको समर्थन रहेमा डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो छ । भट्टराईलाई प्रधानमन्त्री मान्न प्रचण्ड–नेपाल, कांग्रेस र जनता समाजवादी पार्टी पनि सहमत हुने उनिहरुको आकंलन छ ।
अहिलेको समिकरण अनुसार नयाँ सरकार बन्न वा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार टिकिरहन नेकपा एक हुनुपर्ने वा कांग्रेस समर्थन अनिवार्य रहेको छ । यो बाहेक अन्य विकल्पमा सरकार बन्नै नसक्ने अवस्था छ । नेकपा पनि एक नहुने र कांग्रेसले पनि समर्थन नगरेमा आगामी मंसिरमा निर्वाचन हुने सम्भावना पनि बलियो देखिएको स्रोत बताउँछ ।













प्रतिक्रिया दिनुहोस्