जनता टाइम्स

१२ फाल्गुन २०७७, बुधबार १८:११

एक माझीको कष्टकर दैनिकिको स्वरुप ‘जिन्दगीको बाटो’मा मोडल सनम कठायत (भिडियोसहित)


काठमाडौं, फागुन १२

एक माझीको कष्टकर दैनिकि र बिपद्लाई मोडल सनम कठायतले ‘जिन्दगीको बाटो’ मा उतार्न खोज्नुभएको छ । आफ्नै कथावस्तुमा आधारित उक्त भिडियोमा सनमलाई रोस्नी कार्कीले अभिनय मार्फत सहयोग गर्नुभएको छ । केही समय अगाडि सार्वजनिक भएको म्युजिकल फिल्मको नाम दिइएको ‘जिन्दगीको बाटो’ वास्तवमै मौलिक विषयबस्तुमा हृदयविधारक तरिकाले प्रस्तुत गरिएको छ ।

रुपराज आचार्यको आवाज, बि बि थापा क्षितिजको शब्दमा राजकुमार बगरको संगित रहेको यस जिन्दगीको बाटोमा मोडल कठायतले राम्रो अभिनय गर्नुभएको छ । एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको उक्त भिडियो पोखरामा छायांकन गरिएको थियो । मोडल स्वयं सनमकै कथावस्तु रहेको उक्त भिडियोको निर्देशन अन्जन शर्मा, छायांकन रविन्द्र बराल र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।