काठमाडौं, फागुन १५
विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पमकल दाहालले एक अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली समूहनिकट अनेरास्ववियूले आपत्ति जनाएको छ । संगठनका कार्यकर्ताहरुले आज आज आर आर कलेजमा प्रदर्शन गर्दै प्रचण्डको अभिव्यक्तिको विरोध गरेका हुन् ।
प्रदर्शनका क्रममा ‘प्रचण्डको नेपाली नागरिकता खारेज गर, भारत कम्फर्ट सरकार नेपालीलाई होइन दलालहरुलाई चाहिएको हो, ओली बोल्दा भारत रिसाउने प्रचण्डको काम भारत रिझाउने, जनताको पक्षमा बालुवाटार भारतको पक्षमा खुमलटार’ लगायत नारा लेखिएका प्लेकार्ड सहभागीले बोकेका थिए ।













प्रतिक्रिया दिनुहोस्