जनता टाइम्स

१६ फाल्गुन २०७७, आईतवार ११:४१

राष्ट्रिय सभा सदस्य कोमल ओलीको लैंगिक रुपमा गरिएको आलोचना खेदजनक


काठमाडौं, फागुन १६

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एंव नेकपाका नेता शंकर पोखरेलले राष्ट्रिय सभा सदस्य कोमल वलीको लैंगिक रुपमा भएको आलोचना खेदजनक भएको बताउनु भएको छ । उहाले गायिका र संचारकर्मीको परिवेशबाट उहाको राजनीतिमा प्रवेश भएको बताउनु भयो ।

प्रचण्ड–नेपाल समुहका नेता रघुजी पन्तले सारी उचालेर पिडुलाँ देखाएको भरमा त्यहाको निक्कै तल्लोस्तरको कमेन्ट गर्नुभएको थियो । जसको सर्वत्र आलोचना भईरहेको छ । सोही कुरालाई उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘मा. कोमल वली चर्चित लोक गायिका र संचारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशवाट भयो । लैंगिक रुपमा उनको आलोचना खेदजनक छ ।’