जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १६:१९

सेनाको पृतनापति समन्वयात्मक बैठकलाई प्रधानमन्त्री ओलीद्वारा सम्बोधन


काठमाडौं, फागुन १९

प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्नुभएको छ । जङ्गी अड्डामा भएको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको हो ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा भईरहेको बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए र गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।