जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १८:२९

प्रचण्ड माधव समुहलाई सुवास नेम्वाङको ब्यंग्य : नेकपाको बैठक भनेर मलाई त कसैले बोलाएनन, कसले निकालेछ मलाई ?


काठमाडौं, फागुन १९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफुलाई पार्टीको बैठकका बारेमा थाहा नभएको बताउनु भएको छ । उहाले कसैले पनि आफुलाई बैठक छ भनेर नबोलाएको बताउदै आफूलाई कारबाही गर्ने कुरा हास्यास्पद भएको प्रतिक्रिया दिनुभयो ।

प्रचण्ड–नेपाल समुहको बैठकले नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिँदै पार्टी स्थायी कमिटीबाट ६ महिनालाई निलम्बन गरेको थियो । सो विषयमा बुझ्दा नेम्वाङले आधिकारिक नेकपाको कुनै बैठक नरहेको र आफूलाई कारबाही गर्न पनि नसक्ने जानकारी दिनुभयो ।

‘निर्वाचन आयोगले आधिकारिक भनेको, केपी शर्मा ओली प्रथम अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड द्वितीय अध्यक्ष रहेको नेकपाको कुनै बैठक छैन । बैठक महासचिवले बोलाउने स्पष्ट प्रावधान छ । उहाँले बैठक भनेर खबर पनि गर्नुभएको छैन । कसले कहाँ बसेर के निर्णय ग¥यो त्यो मैले थाहा पाउने कुरा भएन’, उहाले भन्नुभयो ।