जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार ०९:५२

पहिलो पटक नवपरासीमा सार्वजनिक विप्लव : प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै


नवलपरासी, फागुन २१ । आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुनुभएको छ । चन्दलाई पूर्बी नवलपरासीमा केही बेरअघि उहाँका कार्यकर्ताले बिदाई गर्नुभएको हो । आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव केही बेर आरम गरेर प्रहरीको स्कटीङमा काठमाडौं आउन लाग्नु भएको हो । आज दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुनुहुने छ । कार्याक्रममलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने छन् भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने छन्।विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।