जनता टाइम्स

२१ फाल्गुन २०७७, शुक्रबार १४:३६

बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता


काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लवले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाले केहीबेर अघि भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री भेट्न विप्लव बालुवाटार पुगेकाले राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रम केही ढिला हुन पुगेको छ । उहासँगै विप्लव समूहको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा, सदस्य उदयबहादुर चलाउने लगायतका नेताहरू बालुवाटार पुग्नु भएको हो ।