जनता टाइम्स

२२ फाल्गुन २०७७, शनिबार १९:२२

स्पार्क हस्पिटलद्धारा निःशुल्क हाडजोर्नी तथा नशा शिविर सम्पन्न


काठमाडौं, फागुन २२

योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटल बिराटनगरद्वारा निःशुल्क हाडजोर्नी तथा नशा शिविर सम्पन्न भएको छ । आज सुनसरिको गढी गाउपालिकामा भएको निशुल्क हाडजोर्नी तथा नशा शिविरमा करिव १२० जना बिरामीहरुको जाँच तथा उपचार गरिएको हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिनुभयो ।

हेल्थ होम अस्पतालले अगामी दिनमा आफ्नो सेवालाई देशभर पुर्याउने भएको छ ।

विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी रोगलाई चिकित्सा प्रणालीमार्फत अस्पतालले उपचार गर्दै आएको छ । हेल्थ होमको शाखा कालिमाटीलगायत विराटनगर, पोखरा, विर्तामोड, धरान, जनकपुर, दमौलीले समेत सेवा प्रवाह गर्दै आएको छ । विशेषगरी अस्पतालले फिजिरोथेरापी, योग, ध्यान तथा प्राकृतिक जडिबुटीका औषधिमार्फत उपचार गर्दै आएको छ ।