जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार ०८:३३

प्रधानमन्त्री ओलीले आज १० बजे कोरोनाविरुद्धको खोप लगाउने


काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओलीले खोप लगाएपछि आज दोस्रो चरणको खोप अभियानको सुरुवात हुनेछ ।
खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम छ ।

दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ७० वर्षका प्रधानमन्त्री ओली उमेर समूहका दृष्टिले पनि कोरोना भाइरसको जोखिम समूहमा पर्नुहुन्छ ।प्रधानमन्त्री ओलीलाई खोप लगाउँदा कुनै खतरा नहुने विज्ञले बताएका छन् ।

कोरोनाको खोपबारे केही अन्योल देखिएकाले ज्येष्ठ नागरिकलाई हौसला र प्रोत्साहन दिनका लागि प्रधानमन्त्री ओलीले खोप लगाउन लाग्नु भएको हो ।