काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई सर्वोच्च अदालतमा उहाँले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दा फिर्ता गर्न हार गुहार गरिएको थियो । उहाँले त्यसको खुलासा एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा खुलासा गर्नुभएको छ।
कट्टेलले धमलासँगको अन्तवार्तामा आफूलाई प्रचण्ड र माधवकुमार नेपालका तर्फबाट देव गुरुङले भेटेर मुद्दा फिर्ता गर्न आग्रह गरेको खुलासा गर्नुभयो ‘प्रचण्ड र माधवकुमार नेपालका तर्फबाट देव गुरुङ आएर मुद्दा फिर्ता गर्नुपर्यो, मुद्दा हारियो भने हामीलाई ठुलो नोक्शान पर्छ भने ।’तर, कट्टेलले मुद्दा फिर्ता लिन नमानेको सुनाए । उनले भने,‘कुनै हालतमा मुद्दा फिर्ता लिन सकिदैन भनेर हिडेँ । नभन्दै आज सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला सुनाए । यो फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको छ । यसले नेकपाको विधिवत् विभाजन भएको छ ।
ऋषि कट्टेललाई मुद्दा फिर्ता गर्न प्रचण्ड–माधव समूहबाट यस्तो सम्म गरेका थिए (भिडियोसहित)














प्रतिक्रिया दिनुहोस्