काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले आइतवार साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि पुरानै पार्टीको बोर्ड राख्न थालिएको छ। ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई २०७५ जेठ २ अर्थात साविककै अवस्थामा फर्काइदिएको छ।
सर्वोच्चको फैसलाबाट उत्साहित भएको केपी शर्मा ओली नेतृत्वको पक्षले जिल्ला जिल्लामा साविककै नेकपा एमालेको बोर्ड राख्न थालेका छन् । ओली पक्षका कार्यकर्ताहरूले नेकपाको बोर्ड हटाउँदै साविककै नेकपा एमालेको बोर्ड राखिरहेका छन्। यस्तै काम दोलखा ओली पक्षका कार्यकर्ताले गरेका छन्। उनीहरुले पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन्। पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटनसँगै नेकपा अहिले दुई समूहमा विभाजित छ। एउटा पक्षको नेतृत्व ओलीले गर्नुभएको छ ।
अब एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधि सञ्चालन गर्ने ओली समूहका कार्यकर्ताहरूले बताएका छन्। अब यही कार्यालयलाई एमालेको गतिविधि सञ्चालन गरेर अघि बढाइने भएको छ । आजै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजबाट आधिकारिक रुपमा धुम्बाराहीमा रहेको पार्टी कार्यालयलाई आफ्नो बनाएको छ । यसअघि नेकपाको मुख्य कार्यालय रहेकोमा सर्वोच्चको आदेशले एमाले ब्युँतिएपछि आज त्यहा एमालेको साइन बोर्ड राखिएको छ । मंगलबार विहान तत्कालिन नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ । नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्