काठमाडौं, फागुन २९ । राष्ट्रिय सहकारी विकास बोर्डले सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सीजीलाई ३० वर्षका लागि १४ रोपनी जग्गा लिजमा दिने सम्झौता भंग भएको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित बोर्ड कार्यालय परिसरमा रहेको १४ रोपनी जग्गा सस्तो मूल्यमा दिएको भन्दै विरोध भएको थियो ।


बोर्डले २०७१ साल माघ ४ गते सीजी डेभलपर्सलाई लिजमा दिएको थियो । सीजीले सम्झौता बमोजिम नक्सा पास नगरी जग्गा ओगटेर मात्रै राखेन, कबुल रकम पनि दिएन । ‘जसले हालसम्म बोर्डलाई करोडौं रकम घाटा भएको छ,’ बोर्डको निर्णयमा भनिएको छ ।
सम्झौताको पालना गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि बोर्ड सम्झौता नै भंग गर्न बाध्य भएको बताएका छ । शक्तिको आडमा जग्गा हडपेर मात्रै बसेपछि मन्त्री तुम्वाहाम्फेले बोल्ड निर्णय गर्दै संझौता भंग गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्