जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार ०८:१९

आज अनेमसंघको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने


काठमाडौं, फागुन २९ । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज काठमाडौंमा बृहत् राष्ट्रिय भेला गर्दै छ । सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले ब्युँताएपछिको नयाँ परिस्थितिमा सो पार्टी निकट अनेमसंघले राष्ट्रिय भेला गर्न लागेको हो । संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँु भन्ने मूल नारा साथ बृहत् राष्ट्रिय महिला भेला गर्न लागिएको अनेमसंघ नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो भृकुटी मण्डपमा भेला हुनेछ । सो भेलालाई प्रधामन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको शाक्यले बताउनुभयो ।