जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार ११:२५

ट्विटरमा रोचक जुहारी :प्रचण्डको सेवामा कति ड्रम तेल रित्याउनुभयो, आफैंलाई सम्झना छ ? – थापा


काठमाडौँ, फागुन २९ ।  पछिल्लो समय नेपाली राजनीतिले फरक मोड लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलबीच ट्विटरमा निकै रोचक जुहारी परिरहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मंगलबार ट्विट गर्दै साविक नेकपाको प्रचण्ड पक्षमा लागेका पुनर्स्थापित नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई संकेत गर्दैै अपराधीको संज्ञा दिनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारपटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ उहाँले लेख्नु भएको छ , ‘दुईतिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन।’

bisutwi

जसको जवाफमा डा. पौडेलले थापालाई प्रधानमन्त्री ओली र आफूलाई कहिले कुनै गल्ती नगर्ने ‘महामानव’ लेख्न भन्दै व्यंग गर्नुभयो।

‘ओ सूर्य थापाजी , जीवनमा कम्युनिस्ट एकता गर्ने छैन, गल्तीमा आत्मालोचना पनि गर्ने छैन, समस्या समाधान गर्नका लागि पार्टीको बैठक बस्नु पर्दैन, असहमतिलाई धुलिसात पार्ने हो,’ डा।पौडेलले लेख्नु भएको छ , ‘म र केपी ओलीबाट कहिल्यै कुनै गल्ती हुन्न, हामी महामानव हौं भनेर लेख्नुहोस्।’

यसपछि आक्रोशित हुँदै थापाले अर्को ट्विट गर्नुभएको छ ।

‘डा. विजय पौडेलजी, यी तपाईंकै सचेतताकै शब्द हुन् ? २०७७ वैशाखयताका आफ्नै ट्विटहरू फर्केर पढ्न र आत्मसमीक्षा गर्न सक्नुहुन्छ,’ थापाले लेखेका छन्, ‘प्रचण्डको सेवामा कति ड्रम तेल रित्याउनुभयो, आफैंलाई सम्झना छ ? उनको पार्टी कब्जा अभियानको सक्रिय सहयोगीका विश्लेषणहरू कहाँ पुगे नि ? हेक्का त छ ?’

subitwi