जनता टाइम्स

२ चैत्र २०७७, सोमबार १९:४८

राष्ट्रपतिले लगाउनु भयो कोरोनाविरुद्धको खोप


काठमाडौं, चैत्र २

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । त्रिवि शिक्षण अस्पतालको खोप कार्यक्रममा आज सहभागी भएर खोप लगाउनु भएको हो ।

खोप लगाईसकेपछि उहाले सबै ज्येष्ठ नागरिकहरुलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले अग्रपंक्तिमा रहेर काम गर्नेहरु र जोखिममा रहेका समुहहरुलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम संचालन गरेकोमा सरकारलाई धन्यवाद समेत दिनुभयो ।

उहाले विश्व नै कोरोना महामारीबाट गुज्रिरहेका बेला यति छोटो समयमा नेपालमा कोभिड–१९ विरुद्धको खोप ल्याउन सफल भएकामा सरकारसहित यसमा भूमिका खेल्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।