जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १५:२३

अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ : प्रधानमन्त्री ओली


काठमाडौं, जेठ २४

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिका नाममा चन्दा उठाउने, बम पट्काउने र लुटपाट गर्नेहरु सफल हुन नदिने उद्घोष गर्नुभएको छ । उहाँले मुलुकमा केही सरकार विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो ।

शुक्रबार भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै, उहाँले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ ।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रीक गणतन्त्रमा पनि केहि मुर्खहरु राजा चाहिने भन्दै वकालत गर्दै हिडिरहेको बताउनुभयो । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताउनुभयो ।