काठमाडौं, चैत ३ । प्रदेश ५ का मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले बरिष्ठ नेता माधवकुमार नेपाल समुहले नेतृत्वबिरुद्धको षडयन्त्रलाई बुझे पार्टी एकता र बिजय दुवै सुनिश्चित हुने बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै यस्तो बताउनु भएको हो । ‘पार्टी र प्रधानमन्त्री विरुद्धको षडयन्त्रलाई कार्यकर्ता र जनताले असफल पारेको सत्यलाई वुझे पार्टी एकता र विजय दुवै सुनिश्चित हुनेछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्