जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार ०९:२०

गोकुल बाँस्कोटाले खोले माधवको एमाले सकाउने खेलको पोल


काठमाडौं, चैत ३ । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेकपा एमाले सकाउन माधव नेपालको ठुलै षडयत्र अघि बढाएको पोल खोलनु भएको छ । उहाँले माधव समूहले गर्न लागेको ४ गतेका भेलाको औचित्य बारे पनि गम्भीर प्रश्न गर्नूभएको छ ।

गुटभेला र समानान्तर कमिटी खडा गरी कार्यकर्ता भेला गर्न खोजिएको उनले आरोप लगाएका छन । सामाजिक सञ्जाल ट्विटरमा बास्कोटाले प्रश्न तेस्र्याउँदै लेखेका छन, ‘माधब रणनीति स्पष्ट छ(गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०/२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन।

नत्र ४ गतेको भेला किन ?’ यसअघि सोमबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा आफ्ना पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुलाई ब्रिफिङ गर्दै ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्देशन दिएको थियो । नेपाल समूहले चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेला पनि नरोक्ने बताइसकेको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने नेपाल पक्षले बताएको हो ।