काठमाडौं, चैत ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेमै काज खटाइएका आफ्ना दुई नेतालाई बधाइ दिनुभएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीबिरुद्ध माधव नेपालको साथ लिएर भारतीय मिसनअनुसार अभियान चलाउनु भएका अध्यक्ष प्रचण्डले राष्ट्रिय कार्यकर्ता भेलाको नाममा एमालेभित्र बितण्डा मच्चाउन सुरु गरेकोमा माधव र झलनाथलाई बधाइ दिनुभएको हो ।
प्रतिनिधिसभा बिघटनपछि प्रचण्डको साथमा लाग्नुभएका नेता नेपाल र खनाल प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीलाई समाप्त पारिदिने घोषणासहित प्रचण्डसँग लड्डु खाने खुवाउने गरी उत्सव मनाउनु भएको थियो । सर्वाेच्चले फागुन २३ गते नेकपा ऋषि कट्टेललाई दिई एमाले र माओवादी केन्द्र ब्यूँताइ दिएपछि पेरिसडाँडामा बैठक गरेर प्रचण्डले दिएको एमाले समाप्त पार्ने मिसन बोकेर एमालेमै फर्केको नाटक गर्नुभएको थियो ।
एमालेमा फर्केको घोषणा गरेलगत्तै माधव झलनाथले माओवादी नेताहरु एमालेमा बस्न नदिनु भन्ने प्रचण्डको पहिलो होमवर्क लिएर बार्गेनिङ अघि बढाउनु भयो । अध्यक्ष ओलीले बार्गेनिङ अस्वीकार गरेपछि सो समुहले प्रचण्डकै निर्देशनअनुसार आजबाट राष्ट्रिय भेलाको नाममा बितण्डा सुरु गरेको छ । एमालेका नेता कार्यकर्ता भडकाउने र एमाले पार्टीको काम छैन, माओवादीतिर लाग्नुपर्छ भन्ने बनाउन आयोजित भेला सुरु भएलगत्तै प्रचण्डले फोन गरेर माधवलाई बधाइ दिएको भेलामै सहभागी एक कार्यकर्ताले बताए ।
‘हामी त पार्टी मिलाउन दवाव दिनुपर्छ भनेर भेलामा आएको, यहाँ त अर्कै पो रहेछ कुरा, प्रचण्डले बधाइ छ भेला अघि बढाएकोमा भन्दै फोन पो गरेको पाइयो,’ माधव समुहको भेलामै पुगेका एक नेताले जनताटाइम्ससँग भने । त्यसो त भेलामा माधव र झलनाथलाई माया गर्ने दुई तिहाइ कार्यकर्ताले बहिष्कार गरेका छन ।













प्रतिक्रिया दिनुहोस्